समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले कात्तिक १२ गते थप सार्वजनिक निष्काशन गरेको एफपीओमा लगानीकर्ताले आज साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

Sponsored Advertisement

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा तीन करोड ५९० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको तीन लाख् ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको समता घरेलु लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ६९.४८  प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।

कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ। 

थप समाचार