सानिमा बैंकद्वारा लाभांश घोषणा 

सानिमा बैंकद्वारा लाभांश घोषणा 

काठमाडौं : सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

Sponsored Advertisement

बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतका दरले हुन आउने (कर सहित) ७१ करोड ४८ लाख २२ हजार ८४५ दशलमव ६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

थप समाचार