पाँच दर्जनबढी कम्पनीको लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड 

पाँच दर्जनबढी कम्पनीको लाभांश घोषणा, बोनसमा भन्दा नगदमा जोड 

काठमाडौं : यो वर्षको लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू लाभांश घोषणा गरिरहेका छन् । गत वर्ष आर्जन गरेको नाफाबाट पाँच दर्जनभन्दा बढी कम्पनीले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

Sponsored Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई वटा वाणिज्य बैंक, दुई इन्भेष्टमेन्ट कम्पनी, नौं हाइड्रोपावर कम्पनी, तीन निर्माण तथा उत्पादक कम्पनी, पाँच मर्चेन्ट बैंक, चार लघुवित्त कम्पनी, २० म्युचुअल फण्ड, सात अन्य कम्पनी रहेका छन् । 

यकास साथै विकास बैंक तर्फ कामना सेवा विकास बैंंक, होटल तर्फ ओरियन्टल होटल र बीमा कम्पनीतर्फ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका हुन् ।

बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन र कम्पनी रजिस्टर्ड ऐनअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष सुरु भएको पहिलो छ महिनाभित्र गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरी वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ । 

जसअनुसार बैंक तथा वित्तीय संस्थाले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्छ । तर, चालु आर्थिक वर्षको तीन महिना बितिसक्न लाग्दा हालसम्म ६३ वटा संस्थाले मात्र आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

म्युचुअल फण्डले दिए १५ प्रतिशतसम्म लाभांश 

यस अवधिमा २८ म्युचुअल फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरको छन् । कम्पनीहरुले न्यूनतम ४.४ प्रतिशतदेखि अधिकतम १५ प्रतिशतसम्म लाभांश प्रस्ताव गरेका छन् । 

सर्वाधिक लाभांश दिने सानिमा इक्विटी फण्ड र एनएमबी फिट्टी रहेका छन् । कम्पनीहरुले गत वर्षको मुनाफाबाट इकाईधनीरुलाई १५ प्रतिशतसम्म नगद लाभांश दिने घोषणा गरेका छन् । 

थप समाचार