विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

काठमाडौं : एनएमबि बैंकले विश्व मुटु दिवसको अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा शिविर सञ्चालन गरेको छ।  

Sponsored Advertisement

बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरुको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने बिश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।  

शिविरमा स्वास्थ्यकर्मी र विशेषज्ञहरुले साधारण स्वस्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि  आवश्यक केही महत्वपूर्ण जानकारीहरु उपलब्ध गराएका थिए।

साथै, यसै कार्यक्रको माध्यमबाट  मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जिवनयापन र नियमित स्वास्थ्य परिक्षणको महत्व बारे जानकारी गराइएको थियो।  

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

थप समाचार