नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं :  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ जना  शेयरधनीहरुको नाममा रहेको  १ लाख ९० हजार ६५९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरि शेयर बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

उक्त शेयर खरिद गर्न चाहने इच्छुक खरिदकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन्। 

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

थप समाचार