लाभांश प्रस्ताव पारित गर्न कामना विकास बैंकले डाक्यो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न कामना विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं :  कामना विकास बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न असोज ३० गते साधारण सभा बोलाएको हो । उक्त सभा लिसारा रिसेप्शन, भगवती बहाल,नक्साल, काठमाडौंमा सभा बिहान १०ः३० बजे सुरु हुनेछ ।

Sponsored Advertisement

सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साभारणसभा प्रयोजनका लागि बैंकले असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार असोज १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउने छन् ।

थप समाचार