बैंकहरुले कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राख्नुपर्छ ?

बैंकहरुले कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राख्नुपर्छ ?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले कर्जाको गुणस्तर मूल्यांकन, वर्गीकरण र नोक्सानी व्यवस्था कायम गर्नुपर्छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको छ।

Sponsored Advertisement

उक्त व्यवस्था अनुसार केही कर्जालाई बैंकहरुले सूक्ष्म निगरानीमा पनि राख्नुपर्ने प्रावधान रहेको छ। नियामकीय प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले आफूले प्रदान गरेका कर्जाको गुणस्तर मूल्यांकन गरी सोहीबमोजिम विभिन्न वर्गमा वर्गीकरण गर्ने र जोखिमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ।

कर्जा प्रदान गरेका परियोजना वा व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा वा परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार कर्जा प्रवाह भई स्थापना भएको उद्योग वा परियोजना तथा व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभए पनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवा र ब्याज नियमित रुपमा भुक्तानी भइरहेको त्यस्ता उद्योग वा परियोजना तथा व्यवसायमा प्रवाहित कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने हुन्छ।

थप समाचार