अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर

काठमाडौं : असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर घटाएका छन् । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत र संस्थागततर्फ ०.०८ प्रतिशत घटेको छ ।

Sponsored Advertisement

असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३१ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत ब्याजदर कायम भएको छ । जबकी भदौमा औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत र संस्थागततर्फ ५.२६ प्रतिशत थियो ।

 

बैंक                                        २०८१ असोज      २०८१ भदाै               २०८१ साउन    
प्राइम कमर्सियल ६.२५ ६.७५ ६.५    
माछापुच्छ्रे ७ ७ ७    
नेपाल एसबिआई बैंक ६ ६.२५ ६.३    
कुमारी ६.०१ ६.७१ ६.७१    
कृषि विकास  ६.०७ ६.०६ ६.२९    
प्रभु ६.१ ६.१ ७    
सानिमा ५.९ ६.२ ६.४    
एनएमबि   ७.४१ ७.५३    
लक्ष्मी सनराइज   ६.५ ६.५    
एनआइसी एसिया ७.१८ ७.४१ ७.५३    
राष्ट्रिय वाणिज्य ६ ६.०७ ६.२१    
नबिल ६.७५ ७ ७    
ग्लोबल आइएमई ६.२५ ६.२५ ६.२५    
स्ट्यान्डर्ड चार्टर्ड   ७ ७    
नेपाल बैंक ५.९५ ५.२५ ६.२५    
एभरेष्ट ६ ६.१ ६.३    
नेपाल इन्भेष्टमेन्ट मेगा ७ ७. ७    
सिटिजन्स् ८.१५ ६.७५ ६.७५    
सिद्धार्थ ६.५ ६.५ ६.७५    
हिमालयन ७ ७ ७.५    

 

थप समाचार