काठमाडौं : नेपाल राष्ट्र बैंकले रमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरण रहेको जनाएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
राष्ट्र बैंकले लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार रेमिट, न्यूरोडस्थित ललित मनि ट्रान्सफर र अनामनगरस्थित माक्स मनि ट्रान्सफर प्रालि खारेजीको चरणमा रहेको जनाएको छ ।
राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त यी रेमिट कम्पनीहरू नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम (१०० को खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्डक (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा देहायका कम्पनीहरूसँग कुनै व्यक्ति वा संघ–संस्थाले लेनदेन (विष्रेणसँग सम्बन्धि कारोबार मात्र) रकम बाँकी रहेको भए राफसाफ गरिसक्नुपर्ने बैंकले जनाएको छ ।
यसका साथै सूचना जारी भएको ३५ दिनभित्र राफसाफ गरिसक्ने र नभएको भए राष्ट्र बैंकलाई जानकारी गराउन समेत राष्ट्र बैंकले भनेको छ ।
तोकिएको समयभित्र लिखित जानकारी नआएमा बैंक जमानत समेत फुकुवा हुने बैंकले सूचनमा भनेको छ ।
यसका साथै स्वत खारेज हुने रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संघ संस्थाले लेनदेन रकम तोकिएको अवधिभि दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र राष्ट्र बै.कले हिसाब मिलान गरिदिने जनाइएको छ ।
Advertisment