काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले एक करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २१.४१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी बढेपनि राइट ब्याक रकम कम भएका कारण खुद नाफामा असर परेको हो । असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी १२.४३ प्रतिशतले बढेर १३ करोड २९ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी ४.७१ प्रतिशतले बढेको छ ।
त्यस्तै कम्पनीको सञ्चालन नाफा ०.७२ प्रतिशतले घटेर २ करोड ८ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवमा २.१७ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर २.१३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष १ करोड ६७ लाख रुपैयाँ राइट ब्याक गरेको कम्पनीले गत वर्ष ९० लाख मात्र राइट ब्याक गरेको छ ।
यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ०६ पैसा रहेको छ।
असार मसान्तसम्म १० करोड ६१ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड २६ लाख रुपैयाँ सञ्चित छ ।