एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं : एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको विभिन्न चार कम्पनीको साढे ११ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नागरिक लगानी कोष (सीआईटी), सूर्योदय वोमी लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख ५९ हजार १५४ कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। 

Sponsored Advertisement

जसमा निफ्राको ९ लाख ६५ हजार कित्ता, नागरिक लगानी कोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको को ९२ हजार ३४९ कित्ता शेयर बिक्रीमा राखिएको हो । उक्त कम्पनीको शेयर खरिदका लागि विद्यमान संस्गापक शेयरधनीले सर्वसाधारण जो कोहीेले साउन २९ गतेसम्म आवदेन दिन सक्नेछन् । 

निफ्राको शेयरमूल्य न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ, नागरिक लगानी कोषको शेयरमूल्य न्युनतम प्रतिकित्ता ८३३ रुपैयाँ तोकिएको छ भने सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य न्युनतम ३९९ रुपैयाँ र सूर्यज्योति लाइफको शेयरमूल्य प्रतिकित्ता १८५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय, एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय वा बैंकका शाखाहरु काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्।

थप समाचार