ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट 

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । 

Sponsored Advertisement

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र ¥याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले ¥याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका

साथै र्याडिसन होटल काठमाडौँले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । 
 

थप समाचार