मुक्तिनाथ विकास बैंक आइक्यानको ‘गोल्ड अर्वाड’बाट सम्मानित 

मुक्तिनाथ विकास बैंक आइक्यानको ‘गोल्ड अर्वाड’बाट सम्मानित 

काठमाडौं : मुक्तिनाथ विकास बैंक ‘गोल्ड अर्वाड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेको भन्दै पुरस्कृृत गरेको हो । 

Sponsored Advertisement

आइक्यान हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एाएफआरएस) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई  प्रदान गर्दै आएको छ । 

सोही अनुसार राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (वेष्ट प्रिजेन्टेड एन्नोल रिपोर्ट अवार्ड २०२३) मा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७९÷०८० को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले (वेष्ट प्रिजेन्टेड एन्नोल रिपोर्ट अवार्ड २०२३) विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । विधाहरुमा १. निजि बैंकिङ्ग क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु) ३. उत्पादन क्षेत्र ४. शक्ति र उर्जा क्षेत्र ५. सेवा क्षेत्र रहेका छन् ।

विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ । गत शनिबार, काठमाडौंमा संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो ।

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे वापत बैंकलाई दिईने उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ । उक्त समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । 

साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ  । 
 

थप समाचार