Below Menu
Below Menu

घरजग्गा कारोबार र राजस्वमा सुधार, एक वर्षमा उठ्यो ४२ अर्ब ४२ करोड

घरजग्गा कारोबार र राजस्वमा सुधार, एक वर्षमा उठ्यो ४२ अर्ब ४२ करोड

काठमाडौं : गत आर्थिक वर्षमा घरजग्गा कारोबारमा सुधार देखिएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आव २०८०/८१ मा घरजग्गा कारोबार बढेको हो । 

विभागका अनुसार कारोबारमा सुधार भएपनि तुलनात्मक रुपमा राजस्व भने बढ्न सकेको छैन । असार मसान्तसम्म देशभरका मालपोत कार्यालयहरुबाट ५ लाख ३५ हजार ६०७ घरजग्गा लिखित पास भएको छ । 

यो संख्या आव २०७९र८० को तुलनामा १५.६२ प्रतिशतले बढी हो । सो वर्ष ४ लाख ६३ हजार ३२२ घरजग्गा लिखित पास भएको थियो । घरजग्गा कारोबारलाई चलायमान बनाउने सरकार र राष्ट्र बैंकले विभन्न नीतिहरु अपनाएपनि घरजग्गाको कारोबार भने शिथलिता देखिएको थियो । 

सरकारले घरजग्गा कारोबारमा देखिएको शिथिलताले समग्र अर्थतन्त्रमा प्रभाव पारेको भन्दै २०८० भदौ भूउपयोग नियमावली २०७९ मा पहिलो संशोधन गरेको थियो । 

जेठ २०७९ मा आएको भूउपभोग नियमावली १५ महिनामै संशोधन गरे पनि त्यसले घरजग्गा कारोबारको शिथिलतालाई ठूलो राहत दिन सकेको थिएन ।

सरकारले न्यूनतम १३० वर्गमिटर भन्दा सानो टुक्रामा जग्गा कित्ताकाट गर्न नपाइने गरी आएको भूउपयोग नियमावली संशोधन गर्दै ८० वर्गमिटरमा समेत कित्ताकाट गर्न सक्ने व्यवस्था गरेको थियो ।

यस्तै जग्गा वर्गीकरण नगरी कित्ताकाट गर्न नपाइने व्यवस्था संशोधन गर्दै वर्गीकरण गर्ने समय थप तथा भूउपयोग कार्यक्रम सञ्चालन गर्ने मिति समेत सूचना प्रकाशित भएको दुई वर्षपछि मात्रै सञ्चालन हुने व्यवस्था गरेको थियो ।

तर, राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा मार्फत घरजग्गामा प्रवाह हुने कर्जामा खुकुलो नीति लिएका कारण जेठमा भने कारोबार सामान्य बढेको थियो । 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले कर चुक्ता प्रमाणपत्रका आधारमा घरजग्गा खरिदका लागि सबै कर्जामा कर्जा आम्दानी अनुपात बढाएर ७० प्रतिशत पुर्याएको छ ।

कुन महिनामा कति भए लिखित पास ?  

साउन– ३९ हजार २६३ वटा 
भदौ– ३५ हजार ६८६ वटा 
असोज–४७ हजार ३९८ वटा
कात्तिक– २६ हजार ४६ वटा
मंसिर– ४१ हजार ८५१ वटा
पुस– ४५ हजार २७७ वटा
माघ– ४९ हजार २९० 
फागुन–४९ हजार २८७ वटा 
चैत– ५० हजार २५२ वटा 
बैशाख– ४९ हजार ७८२
जेठ– ६१ हजार १६१ वटा 
असार– ४४ हजार ५७९ वटा 

राजस्व संकलनमा पनि सुधार 

विभागका अनुसार यस अवधिमा कारोबारसँगै राजस्व संकलनमा पनि सामान्य सुधार देखिएको छ । सरकारले गत वर्ष घरजग्गा कारोबारबाट कारोबारबाट ४२ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत असार मसान्तसम्म घरजग्गाको कारोबारबाट ४२ अर्ब ४२ करोड एक लाख रुपैयाँ राजस्व संकलन भएको हो । 

उक्त रकम आव २०७९/०८० को तुलनामा ११.०८ प्रतिशत अर्थात ४ अर्ब २३ करोड २५ लाख रुपैयाँले बढी हो । अघिलो वर्ष घरजग्गाको कारोबारबाट ३८ करोड १८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

कुन महिनामा कति उठ्यो राजस्व

साउन– २ अर्ब ९१ करोड ४ लाख  
भदौ– ३ अर्ब ४ करोड ५९ लाख  
असोज– ४ अर्ब ८ करोड ६६ लाख 
कात्तिक– २ अर्ब १६ करोड ३९ लाख 
मंसिर– २ अर्ब ८६ करोड ५० लाख
पुस– ३ अर्ब २० करोड ५२ लाख 
माघ– ३ अर्ब ३७ करोड ५७ लाख
फागुन– ३ अर्ब ५९ करोड २७ लाख 
चैत– ३ अर्ब ९४ करोड ८१ लाख  
बैशाख– ३ अर्ब ८६ करोड ३८ लाख 
जेठ– ४ अर्ब ३३ करोड ९२ लाख 
असार– ५ अर्ब २ करोड ३६ लाख  

विभागका अनुसार गत आवमा सबैभन्दा धेरै राजस्व असार महिनामा संकलन भएको छ । असार महिनामा ५ अर्ब २ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको हो । 

उक्त रकम आव ०७९/८० असारको तुलनामा १७.५३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असारमा घरजग्गा कारोबारबाट ४ अर्ब २७ करोड ४३ लाख राजस्व संकलन भएको थियो । 

यस अवधिमा रजिस्ट्रेसन दस्तुर र पूँजीगत लाभकर दुवैमा भएको बढेकाले राजस्व बढेको हो । असारमा मात्रै २ अर्ब ९५ करोड ३५ लाख रजिस्ट्रेसन दस्तुर र १ अर्ब ७२ करोड ४७ लाख ६८ हजार राजस्व बढेको छ ।


 

Advertisment

थप समाचार