अध्ययनको निष्कर्ष: नियमित बचतले जीवन सन्तुष्टिमा सुधार ल्याउँछ  

अध्ययनको निष्कर्ष: नियमित बचतले जीवन सन्तुष्टिमा सुधार ल्याउँछ  

काठमाडौं : मासिक रुपमा नियमित पैसा बचत गर्दा सुताइ वा निद्रामा सुधार ल्याउने एक अनुसन्धानले देखाएको छ । थोरै थोरै भए पनि मासिक रुपमा बचत गर्दा आराम गर्न र भविष्यको बारेमा आशावादी हुन समेत मद्दत गरेको अध्ययनले देखाएको छ।

Sponsored Advertisement

ब्रिस्टल युनिभर्सिटीका शिक्षाविद्‍हरुले गरेको एक अनुसन्धानको रिपोर्ट अनुसार बचतकर्ताहरुको जीवनमा सन्तुष्टिको स्तर धनी गैरबचतकर्ताहरुको जस्तै हुन्छ ।

अध्ययनले थोरै नै भए पनि नियमित बचतले मानिसको जीवन सन्तुष्टिमा सुधार ल्याउने निष्कर्ष निकालेको हो । अप्रत्याशित घटनाहरुको सामना गर्न बचत रकमले मद्दत गर्ने भएकाले मानिसलाई ढुक्क र कम चिन्तित बनाउने गरेको सर्वेक्षणको निष्कर्ष छ ।

अध्ययनले पछिल्ला वर्षहरुमा नियमित बचत गर्ने काम चुनौतीपूर्ण हुँदै आएको देखाएको छ। खाद्यान्न लगायत नियमित उपभोग्य सामग्रीको मूल्यका कारण बचत गर्नुलाई चुनौतीपूर्ण रहेको ति अध्ययनले देखाएको छ।

सर्वेक्षण अनुसार बेलायतमा सरदरमा प्रत्येक १० जनामध्ये ६ जनामा बचतको बानी रहेको देखाएको छ।

थप समाचार