साधारण सभाको प्रतिवेदन नबुझाउने ५० सहकारीलाई १५ दिने अल्टिमेटम

साधारण सभाको प्रतिवेदन नबुझाउने ५० सहकारीलाई १५ दिने अल्टिमेटम

विराटनगर : विराटनगर महानगरपालिकाले साधारण सभाको प्रतिवेदन पेश नगर्ने ५० सहकारीलाई १५ दिनभित्र बुझाउन अन्यथा कानूनी कारबाही भोग्न अल्टिमेटम जारी गरेको छ ।

Sponsored Advertisement

महानगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाले हरेक वर्ष पुष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र साधारण सभाबाट पारित महानगरपालिकामा बुझाउनुपर्ने कानूनी व्यवस्था स्मरण गराउँदै हालसम्म पनि प्रतिवदेनहरु नबुझाउने आफ्नो कार्यक्षेत्रभित्रका ती सहकारीहरुलाई  १५ दिनभित्र बुझाउन अल्टिमेटम जारी गरेको हो ।

प्रतिवेदन बुझाउन बारम्बार ताकेता गरेपनि अटेर गर्ने ती सहकारीहरुलाई कारण खुलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न महानगरपालिकाले सूचित गरेको हो । अन्यथा कानूनी बमोजिम कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

 

थप समाचार