Below Menu
Below Menu

स्वास्थ्य सेवा सुधार गर्न विश्व बैंकले दियो श्रीलङ्कालाई १५० मिलियन अमेरिकी डलर ऋण 

स्वास्थ्य सेवा सुधार गर्न विश्व बैंकले दियो श्रीलङ्कालाई १५० मिलियन अमेरिकी डलर ऋण 

कोलम्बो : विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि १५०  मिलियन अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ । 

विश्व बैंकले परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउने र हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्ने जनाएको छ ।

क्षमता चुनौति र औपचारिक संयन्त्रको अभावले श्रीलङ्कामा प्राथमिक स्वास्थ्य सेवा सुविधाको कम उपयोग तथा हेरचाह सुविधामा भीडभाड निम्त्याएको छ ।

अघिल्लो विश्व बैंक समर्थित परियोजनाले पहिले नै ५५० प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई आवश्यक उपकरण, औषधि, स्वास्थ्य कार्यकर्ता र आधारभूत प्रयोगशाला परीक्षण सुविधासहित विस्तार गरिसकेको छ ।

नयाँ परियोजनाले श्रीलङ्काका सबै जिल्लाहरूमा सत प्रतिशत प्राथमिक चिकित्सा सेवा संस्थाहरूलाई समेट्न यी प्रयासहरूलाई विस्तार गर्नेछ भने थप सेवा प्याकेज र हेरचाहको गुणस्तर सुधार गरी उक हजार भन्दा बढी सुविधाहरूमा विस्तार गर्नेछ ।  

Advertisment

थप समाचार