बंगलादेशको आईएफआईसी बैंकद्वारा नबिलको शेयर बेच्ने प्रक्रिया स्थगित 

बंगलादेशको आईएफआईसी बैंकद्वारा नबिलको शेयर बेच्ने प्रक्रिया स्थगित 

काठमाडौं : बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित गरेको छ । संस्थापक शेयरधनी आईएफआईसीले डेढ वर्षअघि नै नबिल बैंकको शेयर बेचेर बाहिरिने प्रक्रिया सुरु गरेको थियो । १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयरबेच्नका लागि अघि बढाइएको कामकारवाही स्थगित भएको छ ।

Sponsored Advertisement

नबिल इन्भेस्टमेन्ट बैंकिङले एक सार्वजिनक सूचना जारी गर्दै आईएफआईसीको नबिल बैंकमा विद्यमान शेयर कायमै राख्ने निर्णय भएको जानकारी गराएको हो ।

जारी सूचनामा भनिएको छ, ‘नबिल बैंकमा कायम रहेको संस्थापक शेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक शेयरधनीले समेत निवेदन फिर्ता लिई शेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएकोले जेठ १९ गते बसेको संचालक समिति बैठकले नियामक निकायलाई जानकारी गराउने निर्णय गरेको छ । ’ 

थप समाचार