काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम नगर्ने १३ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना जारी गर्दै उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको जानकारी दिएको होृ ।
कार्यलयका अनुसार कालोसूची राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक खरिद कार्यमा सहभागि हुन पाउने छैनन् ।
तीन वर्षका लागि कालोसूचीमा पर्ने कम्पनीहरुमा सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हलचोकको सिफारिसमा फ्रेण्ड ट्रेडिङ कन्सर्नलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । सशस्त्र प्रहरी बलकै अर्को ठेक्का लिएर काम नगरेको भन्दै फ्रेण्डस ट्रेडिङ कन्सर्न र बाबा माईचन्द इन्टरनेशनल, नीलकण्ठ नगरपालिकाको सिफारिसमा स्टार ईन्फ्रा एण्ड डेभलोपर्स प्रालि रहेका छन् । कम्पनीले ठेक्का लिएर काम अलपत्र पारेपछि कालोसूचीमा राखिएको हो ।
त्यस्तै कालिमाटी नगरपालिकाको सिफारिसमा विकोईरजय वागेश्वरी/सिस्ने जेभीलाई कायौलयले २ वर्षका लागि कालोसूचीमा परकोे छ भने सडक डिभिजन, चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा धुलिखेल निर्माण सेवा, र जेके विल्डर्सको जेभीलाई १ वर्ष ६ महिनालाई कालोसूचीमा राखिएको छ ।
त्यसैगरी एक वर्षका लागि कालोसूचीमा पर्ने कम्पनीहरुमा सडक डिभिजन बुटवलको सिफारिसमा मैनाचुली बोखिम जेभी, सडक डिभिजन जुम्लाको सिफारिसमा मेलिना एण्ड मिलन निर्माण सेवा, परवनीपुर गाँउपालिकाको सिफारिसमा एनएण्ड जे ट्रेडर्स, त्रिपुरा सुन्दर गाउँपालिकाको सिफारिसमा ओम कन्स्ट्र्क्सन रहेका छन् ।
कार्यालयले परवानीपुर गाउँपालिकाकै सिफारिसमा ईसा कन्स्ट्रक्सन र शिवाणी इन्टरप्राइजेज, काठेखोला गाउँपालिकाको सिफारिसमा शुविहान कन्स्ट्रक्सन र शिवनाथ गाँउपालिकाको सिफारिसमा हिम शिखर निर्माण सेवालाज्ञ १ वर्षका लागि कालोसूचीमा राखेका छ ।
Advertisment