बैंकहरुले २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू

बैंकहरुले २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू

काठमाडौं : बैंक तथा वित्तीय संस्थाले २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको कार्यान्वयनको परिपत्र जारी गर्दै उक्त व्यवस्था लागू गरेको हो । 

Sponsored Advertisement

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था गरेको हो । 

यसअघि खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था थियो । 

यस्तै राष्ट्र बैंकले मौद्रिक नीतकिो तेस्रो समिक्षा मार्फत असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङ १.२५ प्रतिशतबाट घटाएर १.२० प्रतिशतमा झारेको छ भने हायर पर्चेज कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा झारेको छ । 
 

थप समाचार