Below Menu
Below Menu

घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा गिरावट 

घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा गिरावट 

काठमाडौं : चालु आर्थिक वर्षको बैशाखमा घरजग्गा कारोबार र राजस्व संकलनमा कमी आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार यस अवधिमा घरजग्गाको कारोबारसँगै राजस्व पनि घटेको हो ।

विभागका अनुसार बैशाख महिनामा घरजग्ग्गा कारोबारबाट कुल राजस्व तीन अर्ब ८६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत चैतकोे तुलनामा १०.३७ प्रतिशत अर्थात ८ करोड ४३ लाख रुपैयाँले कम हो ।  

चैतमा सरकारले घरजग्गा कारोबारबाट कुल राजस्व ३ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागकाअनुसार कुल राजस्वमध्ये सेवा कर २४ करोड १४ लाख रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब ३९ करोड ९० लाख रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।

बैंशाखमा ४९ हजार ७८२ घरजग्गा लिखत पास कारोबार भएको विभागले जनाएको छ । यस अवधिमा ३२ हजार ४३ब९ वटा घरजग्गा रोक्का भएको छ भने २७ हजार ८४२ जग्गा फुकुवा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यसअघि चैत महिनामा ५० हजार २५२ वटा घरजग्गा कारोबार भएको थियो भने फागुनमा ४९ हजार २८७ घरजग्गा कारोबार भएको थियो । त्यस्तै माघमा महिनामा ४९ हजार २९० वटा घरजग्गा किनबेच भएको थियो । 

त्यस्तै, पुसमा ४५ हजार २७७ वटा, मंसिरमा ४१ हजार ८५१ वटा, कात्तिकमा २६ हजार, असोजमा ४७ हजार ३९८ वटा भदौमा ३५ हजार ६८६ वटा र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

Advertisment

थप समाचार