गरिमा विकास बैंकको चार लाख कित्ता बढी शेयर बिक्रीमा 

गरिमा विकास बैंकको चार लाख कित्ता बढी शेयर बिक्रीमा 

काठमाडौं : गरिमा विकास बैंकले चार लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख २६ हजार ९ सय ९० कित्ता शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

Sponsored Advertisement

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी आफुले दिने के कति कित्ता खुलाई बैंकको बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी आवेदन पेश गर्ने सक्नेछन् ।

तोकिएको समयमा शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंकले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्था, कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।