नबिल बैंकको तीन लाख कित्ता शेयर बिक्रीमा  

नबिल बैंकको तीन लाख कित्ता शेयर बिक्रीमा  

काठमाडौं : नबिल बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल ३ लाख कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

Sponsored Advertisement

बैंकको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आवदेन निवेदन दिनुपर्नेछ। 

तोकिएको समयमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

थप समाचार