आइएमई लाइफको नाफा ७५.७९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

आइएमई लाइफको नाफा ७५.७९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

Sponsored Advertisement

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ७५.७९ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले नाफासँगै कुल बीमाहुल्क पनि १०.२४ प्रतिशतले बढाएको छ ।

गत आवमा २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। 

त्यसैगरी समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आवमा कम्पनीको खुद बीमाशुल्क २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ रहेको थियो । गत वर्षके तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढी हो।

चार अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ सञ्चिति रहेको छ भने महाविपत्ति कोषमा १५ करोड ९१ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म कम्पनीको इपिएस ११.०५ रुपैयाँ कायम भएको छ। त्यस्तै मूल्य आम्दानी अनुपात ४९.८० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.२५ रुपैयाँ रहेको छ।

थप समाचार