एउटै प्रकृतिको एक भन्दा बढि खाता भए बन्द गर्न ग्राहकलाई ग्लोबल आइएमई बैंकको आग्रह 

एउटै प्रकृतिको एक भन्दा बढि खाता भए बन्द गर्न ग्राहकलाई ग्लोबल आइएमई बैंकको आग्रह 

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले एउटै प्रकृतिको एक भन्दा बढि खाता भएका ग्राहकलाई खाता बन्द गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ७ दिनभित्र एक भन्दा बढि कायम रहेको खाता बन्द गर्न भनेको हो । 

Sponsored Advertisement

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको (तोकिएका खाताहरु बाहेक) एक भन्दा बढि खाता खोल्न नपाईने व्यवस्था गरेको छ । 

सोही व्यवस्था अनुसार बैंकले ग्राहकहरु (प्राकृतिक व्यक्ति) को स्वदेशी मुद्रामा रहेको एउटै प्रकृतिको एक भन्दा बढि खाता भएमा नजिकको शाखा कार्यालयमा गई एक भन्दा बढि कायम रहेको खाता बन्द गर्न पटक पटक सूचना जारी गरेको थियो । 

विभिन्न मितिमा पटक पटक सूचना प्रकाशित गरिएकोमा बाँकि रहन गएका ग्राहक (प्राकृतिक व्यक्ति) ले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र एक भन्दा बढि कायम रहेको खाता बन्द गर्न बैंकले अनुरोध गरेको हो । 

तोकिएको मितिमा खाता बन्द नगरे राष्ट्र बैंकको निर्देशन अनुसार बाध्यात्मक रुपमा खाता बन्द गरिने बैंकले जनाएको छ । यसबाट ग्राहकलाई पर्न जाने हानी वा नोक्सानी प्रति बैंक जिम्मेवार नरहने समेत जनाइएको छ । 
 

थप समाचार