काठमाडौं : केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ ।
साथै अरु मोडलका बाईकहरुमा विशेष छुटको व्यवस्था पनि मिलाएको छ । कम्पनीले मोडल हेरि १५ हजारदेखि एक लाखसम्मको छुट दिने भएको छ ।
विश्व प्रसिद्ध इटालियन ब्रान्डका बेनेली बाइक नेपालका धेरै युवाहरुको रोजाइ बन्न पुगेको छ र बजारको मागलाई ध्यानमा राखी नेपालमा २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इंजन, र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसि देखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।
तेस्रो मुलुकबाट आयात भयता पनि सधै गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पर्ट्सपुर्जा पाइदैन भन्ने भ्रमलाई गलत सबित गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
उक्त अवसरको सदुपयोग गरि उत्कृष्ट इटालियन डिजÞाइन, शक्तिशाली इंजन, र सर्वोत्कृष्ट प्रदर्शनलाई सस्तोमा प्राप्त गर्न सकिने छ ।
Advertisment