बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफकाे आग्रह

बोनस शेयरमा लाग्ने कर जम्मा गर्न शेयरधनीलाई हिमालयन लाइफकाे आग्रह

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। साविकको गुराँस लाइफ र यूनियन लाइफको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको क्रमशः १३.२७ र ८.९७ प्रतिशत बोनस शेयर लाग्ने कर बापतको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको हो ।

Sponsored Advertisement

शेयरधनीले रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गराउन सक्नेछन् । यसका साथै रकम जम्मा गरी सोको भौचरसमेत कम्पनीको इमेलमा पठाउन भनिएको । शेयरधनीले रकम जम्मा गरेपछि बोनस शेयर कित्ता हितग्राही खातामा जम्मा गराइने कम्पनीले जनाइएको छ । 

साथै, भौतिक शेयर धारण गर्ने शेयरधनीको हकमा कर बापतको रकम जम्मा गरी आफ्नो हितग्राही खाता नम्बर उपलब्ध गराएमा वा आफ्नो सेयर अभौतिकरण गराए पश्चात् मात्र बोनस शेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

थप समाचार