Below Menu
Below Menu

बजेट घाटा नाघ्यो एक खर्ब, आठ महिनामा पूँजीगत खर्च २६.८९ प्रतिशतमा सिमित 

बजेट घाटा नाघ्यो एक खर्ब, आठ महिनामा पूँजीगत खर्च २६.८९ प्रतिशतमा सिमित 

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को आठ महिना अर्थात फागुन मसान्तसम्म  सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । फागुन मसान्तसम्ममा मुलुकले एक खर्ब ३७  अर्ब ७४ करोड ९९ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुनमा वार्षिक लक्ष्यको ४५.०८ प्रतिशत आम्दानी र ४५.७७ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा ६ खर्ब ६३ अर्ब ८३ करोड २९ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ४५.०८ प्रतिशत बराबर हो ।

यस अवधिमा कर राजश्वतर्फ ४४.३३ प्रतिशत अर्थात् ५ खर्ब ७८ अर्ब ६७ करोड २६ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ५१.५७ प्रतिशत अर्थात् ६० अर्ब ३७ करोड ३५ लाख बराबर असुली भएको छ ।

चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा फागुन मसान्तसम्ममा ८ खर्ब एक अर्ब ५८ करोड २८ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ४५.७७ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा कूल रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ५०.९८ प्रतिशत अर्थात् पाँच खर्ब ८२ अर्ब १० करोड ९९ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ५० दशमलव ९८ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा २६.८९ प्रतिशत अर्थात् ८१ अर्ब २१ करोड ४८ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थामा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ४४.९७ प्रतिशत अर्थात् एक खर्ब ३८ अर्ब २५ करोड ८१ लाख बराबर खर्च भएको छ ।

Advertisment

थप समाचार