श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त

काठमाडौं : सरकारले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।

Sponsored Advertisement

भूमि व्यवस्था तथा सहकारी मन्त्रिस्तरीय निर्णयले श्री लालिगुँरास सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न केही दिन अघि सिफारिस गरेको थियो।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

थप समाचार