सहकारीको ऋण तिर्न सरकारको उर्दी, समयमै ऋण नर्तिदा बचत फिर्तामा समेत समस्या

सहकारीको ऋण तिर्न सरकारको उर्दी, समयमै ऋण नर्तिदा बचत फिर्तामा समेत समस्या

काठमाडौं : बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न उर्दी जारी गरेको छ । 

Sponsored Advertisement

मन्त्रालयले सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोहि बमोजिम ऋणको सावा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न अनुरोध गरेको हो ।

सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिब्याक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै कर्जा चुक्ता गर्न उर्दी जारी गरेको हो । सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने हुँदा सदस्यहरुको बचत फिर्ता गर्न असहज परिस्थिति सृजना भएको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यबस्था समेत रहेको हुँदा प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको वर्खिलाप नहुने गरी कर्जा चुक्ता गर्न अनुरोध गरेको हो ।

थप समाचार