काठमाडौं : पशुपति रिन्युएबल्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावसहित चैत्र ७ गते बुधबार साधारणसभा बोलाएको हो ।
उक्त सभा लिसेरा रिसेप्सन्स नक्साल काठमाडौंमा दिउँसो २ः३० बजे हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने,कम्पनीले निर्माण गर्ने आयोजनाहरुका लागि कर्जा सुविधा पाप्त गर्ने र शेयरको प्रारम्भिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment