मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयरधनीहरुको खातामा 

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयरधनीहरुको खातामा 

काठमाडौं : मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ९.५० प्रतिशत बोनस शेयरधनीहरुको खातामा जम्मा गरेको हो । 

Sponsored Advertisement

बैंकको गत पुस १४ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बै.कका अनु्सार गत मंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बोनस शेयर पाएका छन् । 

यसका साथै बैंकले हालसम्म भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ।

थप समाचार