कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? 

काठमाडौं : कृषि विकास बैंकले साधारणसभा बोलाएको छ । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले फागुन ३० गते बैंकको १७ औं वर्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

Sponsored Advertisement

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 

यसका साथै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

सभा प्रयोजनका लागि बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। जस अनुसार फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र बैैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

थप समाचार