काठमाडौं : दक्षिण कोरियाली कम्पनी हुन्डाईको भारतीय इकाई हुन्डाई मोटर इन्डिया भारतीय बजारमा सूचिकृत हुने तयारीमा छ । कम्पनीले अक्टोबर–नोभेम्बरमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । यस तयारीसँग सम्बन्धित व्यक्तिहरूका अनुसार कम्पनीले करिब २.५ लाख करोड रुपैयाँको मूल्यमा १० प्रतिशत शेयर बेच्नेछ ।
कम्पनीले जारी गर्न लागेको आईपीओ लगभग २५ हजार करोड रुपैयाँको हुनेछ । साथै कम्पनीले जारी गर्ने आईपीओ देशकै सबैभन्दा ठूलो आईपीओ हुने समेत जनाइएको छ । सन् २०२२ मा भारतीय सरकारले भारतीय जीवन बीमा कम्पनी एलआइसीमा ३.५ प्रतिशत हिस्सेदारी बेचेको थियो । यसका लागि करिब २१ हजार करोड रुपैयाँको आइपीओ ल्याइएको थियो ।
चौथो ठूलो सूचीबद्ध अटो कम्पनी हुने
हुन्डाई मोटर इन्डियाले आईपीओका लागि विभिन्न बैंकहरूसँग छलफल गरिहरेको जनाइएको छ । हुन्डाई मोटर भारतको शेयर बजारमा सूचिकृत भएमा मारुती–सुजुकी, टाटा मोटर्स, महिन्द्रा एण्ड महिन्द्रा पछि चौथो ठूलो अटोमोबाइल कम्पनी हुनेछ । हुन्डाई मोटर इन्डिया मारुती पछि देशको दोस्रो ठूलो कार कम्पनी हो ।
जनवरीमा हुन्डाईको बिक्री १४ प्रतिशतले बढ्यो
हुन्डाई मोटर इन्डियाको होलसेल गाडी बिक्री जनवरी २०२४मा मा ६७ हजार ६१५ एकाई थियो, जुन वार्षिक रूपमा ८.५ प्रतिशत बढी थियो । कम्पनीको आन्तरिक बिक्री ५७ हजार ११५ इकाई रहेको छ । जुन वार्षिक रूपमा १४ प्रतिशतको वृद्धि हो । जनवरी २०२३ मा कम्पनीको आन्रिक बिक्री ५० हजार १०६ एकाइ थियो ।
निर्यातको कुरा गर्दा, हुन्डाईले जनवरी २०२४ मा भारतबाट १० हजार ५०० युनिट अन्य देशमा पठाएको थियो । यो संख्या वार्षिक आधारमा १४ प्रतिशत कम हो । जनवरी २०२३ मा कम्पनीले १२ हजार १७० युनिट निर्यात गरेको थियो ।
Advertisment