Below Menu
Below Menu

ट्रेजरीमार्फत १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

ट्रेजरीमार्फत १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले सात अर्ब रुपैयाँ बराबरको १८२ दिने र पाँच अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

बैंकका अनुसार १८२ दिन अवधिको ट्रेजरी २०८१ साउन २२ गते र ३६४ दिन अवधिको २०८१ माघ २२ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ ।

यसअघि राष्ट्र बैंकले आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ६ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नविकरण गरको थियो । 

Advertisment

थप समाचार