काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तले यस अवधिमा एक करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ६३.५५ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले चार करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको ब्याज आम्दानी घटेका कारण नाफा घटेको हो । पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी २८.६५ प्रतिशतले घटेर १० करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी पनि ३१.०७ प्रतिशतले घटेको छ ।
यस अवधिमा कम्पनीको सञ्चालन नाफा ६३.५५ प्रतिशतले घटेर २ करोड १४ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा ५ करोड ८७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
पुस मसान्तसम्म लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा संस्थाको इपीएस १३.८१ रुपैयाँले घटेर ६ रुपैयाँ २ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १०२.९२ गुणा रहेको छ ।
Advertisment