काठमाडौं : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले यस अवधिमा एक करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ३९.३६ प्रतिशतले कम हो । गत वर्षको पुससम्म कम्पनीले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी घटेसँगै खर्च बढेपछि खुद नाफा घटेको हो । पुस मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी १२.२० प्रतिशत घटेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ९.०८ प्रतिशत घटेको छ । भने सञ्चालन मुनाफा ३९.४६ प्रतिशत घटेको छ ।
पुस मसान्तसम्म आइपुग्दा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा घटेर ६ रुपैयाँ ८० पैैसामा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।
Advertisment