Below Menu
Below Menu

ब्याज दर घटाउन हतार नगरिने: इसीबी

ब्याज दर घटाउन हतार नगरिने: इसीबी

एजेन्सी : यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ ।

फ्रयाङ्कफर्ट इन्स्टिच्युटले लगातार तेस्रो बैठकमा ब्याजदर वृद्धिलाई स्थगन गर्ने सङ्केत गरेको छ । बढ्दो मूल्यलाई नियन्त्रण गर्न वृद्धिको उच्चतम दौडपछि महत्वपूर्ण निक्षेपका लागि तोकिने ब्याज दरलाई चार प्रतिशत कायम गरेको छ ।

ईसीबीका अध्यक्ष क्रिस्टीन लेगार्डले गत हप्ता ब्याजदर उच्च विन्दुमा पुगेको तर आर्थिक अनिश्चितता र बढ्दो ज्यालाले मूल्यको दबाबमा पार्न सक्ने सम्भावित प्रभावको हवाला दिँदै मुद्रास्फीतिमा ‘विजयको उद्घोष’ गर्न धेरै चाँडो भएको बताएका थिए ।

उनले ईसीबीका अन्य अधिकारीहरूसँगको छलफलपछि अप्रिलको सुरुमा दर कटौतीको बजार शर्तबिरूद्ध पनि वृद्धिलाई निरन्तरता दिनुभएको थियो । 
नयाँ तथ्याङ्कले आर्थिक सुधारका थप सङ्केतहरू देखाएमा ऋणका लागि लिइने ब्याजदरमा ‘सम्भवतः’ आगामी गृष्म ऋतुसम्ममा ब्याजदरमा कटौती गर्नै थालिनेछ ।

ड्यूश बैंकका अर्थशास्त्रीहरुले भनेका छन्,  “ईसीबीले अझै पनि आफ्नो बाटो परिवर्तन गर्न हतार गरेको छैन र गभर्नरहरूले यस हप्ताको बैठकमा कटौतीको बारेमा छलफल समेत गर्ने छैनन् ।”

“ईसीबीको बिहीबारको पत्रकार सम्मेलनले ग्रीष्मऋतुअघि ब्याजदर कटौतीको असाधारण न्यून सम्भावनालाई पुनः उजागर गर्ने अपेक्षा गरेका छौं,” युनिक्रेडिटले एक मूल्याङ्कन विवरणमा सहमति जनाउँदै आफ्नो धारणा सार्वजनिक गरेको छ ।

संयुक्त राज्य अमेरिकामा लगानीकर्ताहरूले मार्चमा पहिलो दर कटौती गरिरहेका छन् । फेडरल रिजर्भका अधिकारीहरूले पनि ब्याजदर वृद्धि हुने सम्भावनालाई मन्दरूपमा अस्वीकार गरिरहेका छन् । मुद्रास्फीतिलाई दुई प्रतिशतको दीर्घकालीन लक्ष्यमा सुरक्षित रूपमा फर्काउन थप काम गर्न बाँकी रहेको सङ्केत गर्दछ ।

एटलान्टा फेडका अध्यक्ष राफेल बोस्टिकले गत हप्ता यदि मुद्रास्फीति सोचेभन्दा बढी सुस्त भएको ‘विश्वस्त’ प्रमाण देखिएमा तेस्रो त्रैमासिकमा दर कटौती आउने बताएका छन् । 

Advertisment

थप समाचार