काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १० अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले ५ अर्ब अर्ब रुपैयाँ बराबरको २८ दिने र ४९ करोड रुपैयाँ बराबरको ९१ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन ८ गते र ९१ दिन अवधिको २०८१ बैशाख ११ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि राष्ट्र बैंकले ८ अर्ब अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण गरेका थियो भने १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको थियो ।
Advertisment