Below Menu
Below Menu

आठ खर्बको वैदैशिक व्यापारमा करिब ७ खर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो 

आठ खर्बको वैदैशिक व्यापारमा  करिब ७ खर्बको व्यापार घाटा, आयात निर्यात दुवै घट्यो 

काठमाडौं : चालु आर्थिक वर्षको पुस महिनामा आयात र निर्यात दुवै घटेको छ । यस अवधिमा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको हो । पुस मसान्तसम्म ७ खर्र्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो । गत वर्षको सोही अवधिमा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

विभागका अनुसार यस अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्ष ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात भएको थियो ।

यस अवधिमा नेपालले ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको तुलनामा व्यापार घाटा २.६२ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा नेपालले ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । 

पुसमा नेपालले आठ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।   
 

Advertisment

थप समाचार