काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म एक खर्ब ८० अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको पाइएको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा मंसिर मसान्तमा रु.१ अर्ब २० करोड लगानीमा रहेको छ ।
यस अवधिमा एक लाख ४० हजार १ सय ५८ ऋणीलाई प्रवाह भएको एक खर्ब ८० अर्ब ५३ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५७ हजार ४ सय १६ ऋणीलाई प्रवाह भएको रु.१२६ अर्ब २५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार २ सय २७ महिला उद्यमीलाई प्रवाह भएको रु.५१ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ५ सय १५ ऋणीको २ अर्ब ५० करोड कर्जा रुपैयाँ बक्यौता रहेको छ ।
“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० मंसिर मसान्तमा रु.२१ करोड १८ लाख बक्यौता रहेको छ ।
Advertisment