Below Menu
Below Menu

सरकारले शेयर बजारबाट ६ महिनामा उठायो करिब दुई अर्ब पुँजीगत लाभकर 

सरकारले शेयर बजारबाट ६ महिनामा उठायो करिब दुई अर्ब पुँजीगत लाभकर 

काठमाडौं : पछिल्लो समय शेयर बजार बढेसँगै पूँजीगत लाभकरमा पनि उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म शेयर बजारबाट करिब २ अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । 

लगानीकर्ताले साउनदेखि पुस मसान्तसम्म सरकारलाई एक अर्ब ८९ करोड ३९ लाख ३३ हजार ३५ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् । 

लामो समयदेखि शेयर बजारमा आएको उतारचढावसँगै घट्दै गएको पुँजीगत लाभकर मंसिरदेखि फेरी बढ्न थालेको होे । 
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पुस महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ७४ करोड ३९ लाख १३ हजार २२९ रुपैयाँ उठाएको छ । 

उक्त रकम गत मंसिर महिनाको तुलनामा करिब डेढ गुणाले बढी हो । मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ पुँजीगत लाभकर बुझाएका लगानीकर्ताले पुसमा १४३.६५ प्रतिशत बढी बुझाएका हुन् । 

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा लिएको लचक नीतिका कारण बजार बढेसँगै त्यसको लाभ सरकारले लिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिम भार १२५ मा झारेसँगै लामो समयदेखि निरन्तर ओरालो लागेको बजार लयमा फर्किएको छ ।

सिडिएसका अनुसार दीर्घकालीन लगानीकर्ताबाट पुसमा १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ, मंसिरमा ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन भएको छ ।

त्यस्तै असोजमा ५ करोड ५१ लाख ६० हजार, भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको छ ।

यस्तै अल्पकालीन लगानीकर्ताले पुसमा २२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ मंसिरमा १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, असोजमा १४ करोड ९८ लाख ३३ हजार, भदौमा ७ करोड ६६ लाख ५ हजार र साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि पुसमा ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ,  मंसिरमा ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको सीडीएसले जनाएको छ ।

संस्थागत लगानीकर्ताले कात्तिकमा १ करोड ११ लाख रुपैयाँ असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, भदौमा ६७ लाख रुपैयाँ र साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेछ ।

कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर

सिडिएसका अनुसार सरकारले चालु आवको साउनमा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । साउनको तुलनामा पुसमा आइपुग्दा उक्त लाभकर ३४ करोड ३० लाख २१ हजार ४४३ अर्थात ८५.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै, लगानीकर्ताहरुले भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ र असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ र कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ र मंसिरमा ३० करोड ५३ लाख २४ हजार ७८३ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।

शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ । 

Advertisment

थप समाचार