Below Menu
Below Menu

माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता बढी शेयर बिक्रीमा, मूल्य झन् सस्तियो

माछापुच्छ्रे बैंकको एक करोड १२ लाख कित्ता बढी शेयर बिक्रीमा, मूल्य झन् सस्तियो

काठमाडौं : माछापुच्छ्रे बैंकले एक करोड बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी एक करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकको शेयरमूल्य प्रतिकित्ता १२३ रूपैयाँ तोकिएको छ । यस अघि बैंकले प्रतिकित्ता १५० रुपैयाँमा शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा शेयर बिक्री नभएपछि बैंकले पुनः सिललामीमा ल्याएको हो । 

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र बैंकको सुन्धारा स्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा गई आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रेट उल्लेख गरी गोप्य सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

Advertisment

थप समाचार