काठमाडौं : गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुनेछ ।
यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस) मा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ ।
उक्त सेवा माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको कम्पनीले जनाएको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम र/वा शेयर दश लाखको हुनुपर्ने छ ।
यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्पmत वा ह्वाट्सअप, भाइबर, सोसिअल मिडियाबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।
Advertisment