Below Menu
Below Menu

ग्लोबल आइएमई क्यापिटलको सिईओमा लुइँटेल नियुक्त 

ग्लोबल आइएमई क्यापिटलको सिईओमा लुइँटेल नियुक्त 

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मन्दिप लुइँटेल नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सिईओमा नियुक्ति गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

लुँईटेल आगमी चार वर्षे कार्यकालका लागि ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी क्यापिटलको सिईओ बनेका हुन् । 

भारतको पुनेबाट एमबिए गरेका उनी यसअघि सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैङ्किङ प्रमुखको कार्यरत थिए । साढे ६ वर्षदेखि सानिमा क्यापिटलमा जिम्मेवारी पुरा गरेका लुँईटेलले काठमाडौँ विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । 

Advertisment

थप समाचार