काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) प्रमुख कार्याकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । उनले एक वर्ष कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा दिएका हुन् ।
बैंकको सञ्चालक समिति बैठकले माघ १ गतेदेखि नै लागु हुने गरी खतिवडाको राजीनामा स्वीकृत गरेको छ । यसका साथै बैठकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।
खतिवडा २०७७ पुस २९ गते चार बर्षका कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका थिए ।
Advertisment