Below Menu
Below Menu

एनएलजी इन्स्योरेन्सले ५.५ प्रतिशत बोनस शेयर दिने 

एनएलजी इन्स्योरेन्सले ५.५ प्रतिशत बोनस शेयर दिने 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई ५.७८९४ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.५ प्रतिशतले हुन आउने ८ करोड २ लाख ६० हजार १ सय ६९ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ०.२८९४७ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार २ सय १९ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । 

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँ रहेको छ । आठ करोड २ लाख ६० हजार १ सय ६९ रुपैयाँ बराबरको बोनस थपिएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९६० रुपैयाँ पुग्नेछ । 

उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले पाउने छन् ।

Advertisment

थप समाचार