काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुष २९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष २६ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ १४ गतेका सातौं वार्षिक साधारण सभा लागि बोलाएको छ । सो सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
Advertisment