Below Menu
Below Menu

१५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

१५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । आइतबार १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले ८ अर्ब अर्ब रुपैयाँ बराबरको २८ दिने र सात अर्ब ७० करोड अर्ब रुपैयाँ बराबरको ९१ दिन अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । 

बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन १ गते र ९१ दिन अवधिको २०८१ बैशाख ४ गते परिपक्क हुनेछ ।

उक्त ट्रेजरी बिलको बोलकबोल आइतबार दिँउसो २ बजे हुने छ । मंगलबार बाँडफाँट हुनेछ । यसअघि बैंकले ८ अर्ब अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १८२ दिन अवधिको ट्रेजरी बिल नविकरण र १८२ दिन अवधिका लागि ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको थियो। 

Advertisment

थप समाचार