धौलागिरी र किसान लघुवित्तले लाभांश नदिने 

धौलागिरी र किसान लघुवित्तले लाभांश नदिने 

काठमाडौं : धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश नदिने भएका छन्। यी दुई संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् । 

धौलागिरी लघुवित्तको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

त्यसैगरी, किसान लघुवित्तको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ।

थप समाचार